जारी मिति :२०८१ साल माघ ९ गते
लागु हुने मिति :२०८१ साल माघ ९ गते
Terms and Conditions
निम्तोज सेवा प्रा.लि र यस कम्पनीको वेबसाईट (www.nimtoz.com) का अन्तिम प्रयोगकर्ताहरु (प्रथम पक्ष, द्धितीय पक्ष) वीच लागुहुने नियम र सर्तहरु । यस नियम र सर्तहरुसँग बाझीने नियम र सर्त(द्धितीय पक्ष तथा तृतीय पक्षले जारी गरेका)हरु बाझीएको हदसम्म अमान्य हनुछ । यसको पलाना गर्नु हामी सबै पक्षको कर्तव्य हुनेछ । द्धितीय पक्ष र तृतीय पक्षले वेबसाईट मार्फत नियम र सर्तहरु (Terms and condition) डिजीटल रुपमा (Digitally) स्वीकार गरेको मानिने छ। यसरी नियम र सर्तहरु डिजीटल रुपमा स्वीकार गरेपछि मात्रै प्रथम पक्ष र द्धितीय पक्षहरु वेबसाईट मार्फत कारोवार गर्न योग्य हुनेछन ।१. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियम र सर्तहरुमा :
१.१ "प्रथम पक्ष" भन्नाले निम्तोज सेवा प्रा.लि.लाई सम्झनु पर्दछ ।
१.२ "द्धितीय पक्ष" भन्नाले सेवा प्रदायक कम्पनी, संघ संस्था तथा व्यक्तिहरुलाई सम्झनु पर्दछ ।
१.३ "तृतीय पक्ष" भन्नाले सेवा खरिद गर्ने कम्पनी, संघ संस्था तथा व्यक्तिहरुलाई सम्झनु पर्दछ।
१.४ "वेबसाईट" भन्नाले प्रथम पक्षले जारी गरेको www.nimtoz.com लाई सम्झनु पर्दछ ।
१.५ "कारोबार" भन्नाले द्धितीय पक्षले वेबसाईट मार्फत कारोबार रकम उल्लेख गरि विक्री गर्न राखिएको सेवा तथा वस्तु लाई द्धितीय पक्षले खरिद गरेको कार्यलाई सम्झनु पर्दछ ।
१.६ "कारोबार रकम" भन्नाले द्धितीय पक्षले वेबसाईट मार्फत विक्री गर्न राखिएको सेवा तथा वस्तु को मुल्यलाई सम्झनु पर्दछ । उक्त सेवा वा वस्तुमा कर लाग्ने भएमा कर सहितको कारोबार रकमलाई सम्झनु पर्दछ ।
१.७ "अग्रिम भुक्तानी रकम" भन्नाले तृतीय पक्षले वेबसाइट मार्फत द्धितीय पक्षसँग कारोबारमा गर्दा प्रथम पक्षले तृतीय पक्षसंग लिने रकमलाई सम्झनु पर्दछ ।
१.८ "नियम र सर्तहरु वा (Terms and condition)" भन्नाले प्रथम पक्षले जारी गरको नियम र सर्तहरु सम्झनु पर्दछ ।
१.९ "कमिशन दर" भन्नाले तृतीय पक्षले वेबसाइट मार्फत द्धितीय पक्षसँग सेवा वा वस्तु खरिद गर्दा प्रथम पक्षको निर्णय बमोजिम द्धितीय पक्षसँग लिने कारोबार रकमको केहि प्रतिशत रकमलाई सम्झनु पर्दछ ।
२.० "कार्यक्रमको पहिलो दिन / (Event Start Date) " भन्नाले तृतीय पक्षले बुकिङ्ग गरे बमोजिम द्धितीय पक्षसँग सेवा/वस्तुको सेवा लिने पहिलो दिनलाई सम्झनु पर्दछ ।
२.१ "कार्यक्रमको अन्तिम दिन / (Event End Date) " भन्नाले तृतीय पक्षले बुकिङ्ग गरे बमोजिम द्धितीय पक्षसँग सेवा/वस्तुको सेवा लिने अन्तिम दिनलाई सम्झनु पर्दछ ।
२.२ "बुकिङ्ग" भन्नाले तृतीय पक्षले वेबसाईट मार्फत कार्यक्रमको पहिलो र अन्तिम दिन छनोट गरी अग्रिम भुक्तानी रकम बुझाई द्धितीय पक्षसँग सेवा खरीद गर्ने कार्यलाई सम्झनु पर्दछ ।
२. यस प्रथम पक्षको नियम र सर्तहरु द्धितीय तथा तृतीय पक्षहरुको नियम र सर्तहरुसँग बाझीएमा प्रथम पक्षको नियम र सर्तहरु मान्य हुनेछन ।
३. प्रथम पक्षले आवश्यक्ता महशुस गरेमा शेयर धनीको निर्णयले जहिले, जुनसुकैबेला नियम र सर्तहरु संशोधन गर्न सक्छ।
४. नियम र सर्तहरु स्वीकार गरेर सेवा/वस्तु विक्री गर्न ईच्छुक द्धितीय पक्ष र सेवा/वस्त खरिद गर्न ईच्छुक तृतीय पक्षहरु विच वेबसाईट मार्फत कारोबार हन्छ । यस्तो कारोबर गर्दा प्रथम पक्षको भूमिका मध्यस्तकर्ताको मात्र हुनेछ।
५. वेबसाईट मार्फत तृतीय पक्षले द्धितीय पक्षसँग सेवा/वस्तु खरिद गर्दा प्रथम पक्षले तृतीय पक्षसँग लिने अग्रिम भुक्तानी रकम (Advance amount) हालको लागि कारोबार रकम को पचास प्रतिशत (५०%) कायम गरिएको छ। प्रथम पक्षले आवश्यक्ता महशुस गरेमा शेयर धनीको निर्णयले जहिले, जुनसुकैबेला उक्त अग्रिम भुक्तानी रकम कारोवार रकमको कति प्रतिशत हुने भन्ने सम्बन्धमा संशोधन (थप/घट) गर्न सक्नेछ।
६. मध्यस्तकर्ताको भुमिका निर्वाह गरे वापत प्रथम पक्षले द्धितीय पक्षसँग लिने कमिशन दर (Commission rate) हाल को लागि कारोबार रकमको दश प्रतिशत (१०%) कायम गरिएको छ। आवश्यक्ता अनुसार प्रथम पक्षले शेयर धनीको निर्णय मार्फत जहिले, जुनसुकैबेला उक्त कमिशन दर संशोधन(थप/घट) गर्न सक्नेछ।
७. कार्यक्रमको अन्तिम दिन / (Event End Date) भएको मितिले ३५ दिन भन्दा अगाडी प्रथम पक्षले द्धितीय पक्षलाई कारोबार रकमको सर्त बमोजि पाउनु पर्ने रकम भुक्तानी गर्न बाध्य हुने छैन । यसरी फिर्ता गर्दा कारोवार रकमबाट प्रथम पक्षले लिने कमिशन रकम कट्टी गरेर द्धितीय पक्षलाई भुक्तानी गर्नुपर्नेछ।
८. द्धितीय पक्षका सेवा/वस्तुहरु निजले सेवा दिन नसक्ने दिनको बारेमा प्रथम पक्षलाई अनिवार्य रुपमा जानकारी गराउनु पर्नेछ। सो सम्बन्धमा बुक भई सकेको मितिमा तेस्रो पक्षले बुक गर्न नपाउने गरि प्रथम पक्षले वेबसाइटमा अंकित गरीदिने छ। साथै त्यस्तो बुकीङ्गको कुनै पक्षलाई कुनै शुल्क लाग्ने छैन।
९. द्धितीय पक्षले वईबसाईटमा आफुले प्रदान गर्ने सेवा वा वस्तुमा कर लाग्ने भएमा उक्त कर समेत समावेस गरि कारोबार रकम उल्लेख गर्नुपर्नेछ। दोस्रो पक्षले आफुले विक्रिमा राखेको सेवाको मुल्य प्रति दिन वा प्रति घण्टा वा अन्य कुनै ईकाईमा भए सो सम्बन्धमा पुरा विवरण उल्लेख गर्नु पर्नेछ।
१०. द्धितीया र तृतीय पक्षले वेबसाईटमा आफ्नो विवरण, सेवा वा वस्तुहरुको कारोबार रकम तथा अन्य आवश्यक विवरण पेश गरी कारोबार गर्न चाहेमा वेबसाईटमा रहेको नियम र सर्तहरु (Terms and condition)"लाई डिजीटल रुपमा (Digitally) स्वीकार गर्नुपर्नेछ । उक्त दुबै पक्षहरुले नियम र सर्तहरु डिजीटल रुपमा (Digitally) स्वीकार गरे पश्चात मात्रै यस वेबसाईट मार्फत कारोवार गर्न योग्य भएको मानिनेछ।
११. प्राविधिक त्रुटी भएमा सो को समाधानका लागि प्रथम पक्षले त्रुटी भएको मितिले न्युनतम ६० दिनको समय पाउने छ। उक्त अवधि भित्र सो को समाधान नभएमा प्रथम, द्धितीय, तृतीय पक्ष साथै वेबसाईट विक्रेता, अनलाईन मर्चेन्ट सेवा प्रदायक कम्पनी , एस.एम.एस. सेवा प्रदायक कम्पनी/फर्म तथा उक्त त्रुटीका कारक तथा यसको समाधानकालागी उपयुक्त अन्य व्यक्ती/कम्पनी/फर्महरुसंगको संयुक्त बैठक तथा छलफलबाट उक्त समस्याको समाधान गरिनेछ।
१२. द्धितीय पक्षले आफ्नो सेवा वा वस्तु बुकिङ्ग भए पश्चात कुनै कारणले सेवा दिन असमर्थ भएमा सो सम्बन्धमा प्रथम तथा तृतीय पक्षलाई जानकारी गराई कारोबार रकममा थप नहुनेगरि उक्त सेवा अन्य व्यक्ती वा फर्म वा कम्पनी मार्फत प्रदान गर्ने व्यवस्था मिलाउनु पर्दछ। तर, द्धितीय पक्षले वेबसाईटमा बुकिङ्ग भए पश्चात बिना जानकारी सेवा नदिएमा उक्त पक्षलाई यस प्रथम पक्षले कारोबार गर्न सधैको लागि अयोग्ग हुने गरी निष्क्रिय गर्नेछ। यसरी निष्क्रिय भएपनि बुकिङ्ग भई सकेका अन्य सेवा वा वस्तुहरु को हकमा भने दोस्रोपक्ष सेवा दिन बाध्य हुनेछ। साथै बुक भएको सेवा वा वस्तुको कारोबार रकमको हुन आउने दश प्रतिशत(१०%) रकम प्रथम पक्षलाई र बाँकी हुन आउने नब्बे प्रतिशत(९०%) रकम तृतीय पक्षलाई द्धितीय पक्षले क्षतिपुर्ति वापत भुक्तानी गर्नुपर्नेछ।
१३. द्धितीय पक्षले व्यवसाय बन्द गर्ने भएमा ब्यवसाय निष्क्रिय गर्ने सम्बन्धमा र वेबसाईटमा आफ्नो सेवा वा वस्तु विक्रीका लागि नराख्ने भएमा सेवा/वस्तु निष्क्रिय गर्ने सम्बन्धमा प्रथम पक्षलाई जानकारी गराई आफ्नो व्यवसाय तथा सेवा/वस्तु वेबसाईट मा नदेखिने गरि निष्क्रिय भएको बेहोरा द्धितीय पक्ष स्वंयमले सुनिश्चित गर्नुपर्ने छ । तर, ब्यवसाय, सेवा वा वस्तुहरु निष्क्रिय गर्दाका समयसम्म बुकिङ्ग भई सकेका सेवा वा वस्तुहरु को हकमा भने दोस्रो पक्ष सेवा दिन बाध्य हुनेछ।अन्यथा नियम र सर्तहरुको नं.१२ बमोजिम हुनेछ ।
१४. द्धितीय पक्षले सेवा प्रदान गर्दा प्रयोग हुने आफ्नो सामान तथा उपकरणहरुको सुरक्षा आफु स्वंयमले गर्नुपर्ने छ।
१५. द्धितीय पक्ष ले आफ्नो कार्यालय, सेवामा खटिने कर्मचारीहरुले प्रयोग गर्ने पोशाक, सामान तथा उपकरणहरुमा प्रथम पक्षको स्टिकर, व्यानर तथा विज्ञापनका विभिन्न माध्यमहरु अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ। यसका कार्यान्वयनको लागि प्रथम पक्षलाई कुनै बाधा तथा अप्ठेरो हुने परिस्थितिको श्रृजना नहुने गरि द्धितीय पक्षले सहजीकरणको भुमिका निर्वाह गर्नेछ ।
१६. तृतीय पक्षले कारोबार रकम मध्ये भुक्तानी गर्न बाँकी सम्पुर्ण रकम "कार्यक्रमको अन्तिम दिन /(Event End Date)" दोस्रो पक्षलाई भुक्तानी गर्नुपर्नेछ। अन्तिम दिन /(Event End Date)" भुक्तानी नगरेमा सो को भोलिपल्ट देखि लागुहुने गरि भुक्तानी लिन बाँकी रकममा प्रत्येक दिनको रु २००/- जरिवाना स्वरुप भुक्तानी गर्नुपर्नेछ । कारोबार रकम प्राप्त भएपछि द्धितीय पक्षले अनिवार्य रुपमा तृतीय पक्षको नाममा विजक जारि गर्नुपर्नेछ।
१७. तृतीय पक्षले बुकिङ्ग गरेको सेवा लिन नचाहेमा उक्त बुकिङ्ग वेबसाइटबाट हटाउन प्रथम पक्षलाई जानकारी गराउनुपर्दछ। यसरी बुकिङ्ग हटाउने सम्बन्धमा तृतीय पक्षले प्रथम पक्षलाई कार्यक्रमको पहिलो दिन / (Event Start Date) भन्दा ७ दिन अगाडी जानकारी गराएमा कुनै शुल्क लाग्ने छैन, ४ देखि ६ दिन अगाडि जानकारी गराएमा कारोवार रकमको पचास प्रतिशत(५०%) र १ देखी ३ दिन अगाडी जानकारी गराएमा कारोबार रकमको अशी प्रतिशत(८०%) शुल्क लाग्नेछ। तर, बुकिङंग वेबसाईटबाट हटाउने सम्बन्धमा तृतीय पक्षले प्रथम पक्षलाई कुनै जानकारी नगराएमा कारोबार रकमको सय प्रतिशत(१००%) शुल्क भुक्तानी गर्नुपर्नेछ। यसमा, तृतीय पक्षले भुक्तानी गर्ने सम्पुर्ण रकमको दश प्रतिशत(१०%) रकम प्रथम पक्षलाई भुक्तानि गर्नुपर्ने छ।
१८. यस सम्झौताको समय अवधिका सम्बन्धमा दोस्रो पक्ष वा तेस्रो पक्षले पहिलो पक्षसंग आवद्ध नहुने बारेमा प्रथम पक्ष समक्ष लिखित निवेदन पेश गरि सोको कार्वाही सम्पन्न नभएसम्म वा साथै प्रथम पक्षले द्धितीय/तृतीय पक्षलाई कारवाही नगरेसम्म यो सम्झौताको अवधि कायम रहनेछ। तर सेवा/वस्तु बुकिङ्ग मार्फत सेवा लिन/दिन बाँकी रहेको भए वा कुनै किसीमको आर्थिक बक्यौता चुक्ता गर्न बाँकी भएसम्म यो सम्झौता कायम रहेको मानिनेछ।
--------------------------------***----------------------------